इलाम : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले किरात धर्मको आस्थाको केन्द्र इलामको माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने बताएका छन ।
इलामको सन्दकपुर गाउँपालिका स्थीत मावुमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले शताब्दीऔं देखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको जगेर्ना गर्दै आईरहेको बताए ।
सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले नेपाली राष्ट्रियता निर्माण गरि थप मजबुत बनाएको छ । उनले भने लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृती, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने दायित्व राज्यको रहेको छ ।
कोइरालाले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताउँदै व्यवहारिक कार्यान्वयनमा जोड दिए । उनले नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको बताए ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४०औं जन्मजयन्तीको अवसरमा किरात फाआप मिङ्सो माङहिम माङहिम उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
सन्दकपुर गाउँपालिका ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देने अनावरण गरे ।
फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा इलाम जिल्लाका सबै पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।