किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा

काठमाडौँ : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जेल चलान भएका छन् ।

सरकारी कागजात किर्ते गरेको अभियोगमा वडाध्यक्ष राजन दंगाल कारागार चलान भएका हुन् । उनलाई भीमफेदी कारागारमा राखिएको छ ।

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधवार सरकारी कागजात किर्तेको अभियोगमा उनलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो ।

सो आदेशअनुसार वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि कारागार पठाइएको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । वडा अध्यक्ष दंगाल विरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ ।

प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको र सो जग्गा हत्याउने प्रयास अनुसार कागजात किर्ते गरी प्रक्रिया अघि बढाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार