विवादमा परेपछि कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ । उनले आजै शपथ लिनसक्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयमा काम गरिसकेकी उनी ओलीलाई ‘बा’ भन्ने नेतामध्येकी एक हुन् । उनलाई कोशीको सांसद बनाउनुअघिनै मन्त्री बनाउने सहमति भइसकेको स्रोतको दाबी छ ।

सुरुमा पार्टीले संघीय सांसद बनाउने भनेपनि अन्तिम समयमा प्रदेशसभा सदस्य बनाइएकी उनलाई त्यतिबेलै प्रदेश सरकारमा पठाउने भनिएपनि अहिलेसम्म अवसर भने पाउन सकेकी छैनन् । उनले भने पार्टीले जिम्मेवारी दिएमा आफूले सक्रियतापूर्वक काम गर्ने बताउँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार