इलाम : नेकपा एमालेको जिल्ला अधिवेशनका लागि आज एकैपटक प्रतिनिधि छनौट गर्दैछ ।
आगामी कात्तिक २९ र ३० गते आयोजना हुने अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट आज एकैपटक गर्न लागेको हो ।
इलामका १० स्थानीय तहमा, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट हुनेछन् ।
प्रतिनिधि छनौटका लागि सबै नेता तथा कार्यर्ता अहिले आफ्नो स्थायी बसोबास भएको पालिका पुगेका छन् ।
अधिवेशनका लागि ५ सय ८६ जना प्रतिनिधि छनौट हुने कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।