माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) क्वाटरफाइनलका सबै खेल सञ्चालन हुनेछन् ।
पहिलो क्वाटरफाइनलमा खेलमा चित्रे एफसी र योङहाङ एफसी, दोश्रो क्वाटरफाइनल खेलमा मान्द्रे एससी र हिलिहाङ एफसी महमाई, तेश्रो क्वाटरफाइनल खेलमा हिलिहाङ टोल विकास संस्था गुरुङगाउँ र इभाङ तीन एफसी तथा चौथो क्वाटरफाइनल खेलमा वरभञ्ज्याङ एफसी र पावा एफसीबिच प्रतिष्पर्धा हुँदैछ ।
प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिताको फाइनल कात्तिक शुक्रबार गते हुने आयोजक क्लबका सचिव सुरेश योङहाङले जानकारी दिए ।
प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ । प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।