माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतयोगितामा बिहीबार इभाङ-९ एफसी, योङहाङ एफसी र हिलिहाङ महमाई विजयी भएका छन् ।
पहिलो खेलका लागि लुम्दे एफसी निर्धारित समयमा उपस्थित नभएपछि इभाङ-९ एफसी र दोस्रो खेलका लागि एकतप्पा एफसी उपस्थित नभएपछि योङहाङ एफसी स्वत विजेता घोषित भएका छन् । तेस्रो खेलमा एनवाइसी बारुङलाई ४-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै हिलिहाङ महमाई विजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) पनि तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा रेडस्टार क्लब र कलकत्ते महमाई, दोस्रो खेलमा अलस्टार र प्रकाश टिम तथा तेस्रो खेलमा वरभञ्ज्याङ एफसी र चिबुवा एफसीबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् ।
स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुने आयोजक क्लबका सचिव सुरेश योङहाङले जानकारी दिए ।
