माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा आजदेखि खुल्ला नकआउट फुटबल प्रतयोगिता बुधबार सुरु भएको छ । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा सरु भएको प्रतियोगिताको उद्घाटन माङसेबङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा चित्रे एफसी विजयी भएको छ । गोर्खाली एफसीलाई १-० को अन्तरमा पराजित गर्दै चित्रे विजयी भएको हो ।
दोस्रो खेलमा गजुरमुखी एफसीलाई १-० ले पराजित गर्दै मान्द्रे एफसी विजयी भएको छ । तेस्रो खेलका लागि निर्धारित समयमा राइजिङ मोरङ उपस्थित नभएपछि आयोजक बोझोला इन्द्रेणी क्लब स्वत विजेता घोषित भयो ।
प्रतियोगिता अन्तर्गत आज (बिहीबार) पनि तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा लुम्दे एफसी र इभाङ-९ एफसी, दोस्रो खेलमा एकतप्पा र योङहाङ एफसी तथा तेस्रो खेलमा एनवाइसी बारुङ र हिलिहाङ मोरङबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् ।