पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवासारतापमा जारी स्वर्गीय राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताकाे उपाधिकाे लागि डिएफसी चमैता र लुङमाहिम फाक्तेप भिड्ने भएका छन् । बुबार हुने फाइलनमा उपाधिको लागि डिएफसी र लुङमाहिङ आमनेसामने हुँदैछन् ।
मङ्लबार सम्पन्न पहिलाे सेमिफाइनलमा लुङमाहिमले मुलुहाङ डाँडा एफसीलाई २-१ गाेल अन्तरले हराएकाे हाे । त्यसैगरी दाेश्राे क्वाटरफाइनल खेलमा डिएफसीले टु स्टार इम्बुङलाई २-१ गाेल अन्तरले हराएकाे छ ।
मङ्नैगलबार नै भएकाे भेट्रान खेलमा फिदिम भेट्रान्सले नवमीडाँडा भेट्रान्सलाई टाईब्रेकरमा ४-२ गाेल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएकाे छ ।
निर्धारित समयमा दुवै टिमले १-१ बराबरी खेलेका थिए । साेमबार सम्पन्न नभएकाे अन्तिम क्वाटरफाइनलमा आयाेजक सुनाखरी युथ क्लब र डिएफसी बिचकाे खेलमा आयाेजक २-० ले पराजित भएकाे थियाे ।
खुल्लातर्फ इलाम र पाँचथरका १६ टिम सहभागी प्रतियोगिताकाे बिजेताले १ लाख र उपविजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट गाेलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सुनाखरी युथ क्लबले विजया दशमी तथा शुभ दिपावलीकाे अवसरमा प्रतियोगिताको आयोजना गरेको हो ।