पहिरोले माङसेबुङका १६ घरमा क्षति

माङसेबुङ : गएको असोज ९ देखि १२ सम्म परेको अविरल वर्षकाका कारण पहिरोले इलामको माङसेबुङ गाउँपालिकाका १६ वटा घरमा क्षति गरेको छ ।

पहिरोले एक घर बगाएको छ । १२ घर चर्किएर बस्न नमिल्ने अवस्थामा रहेको र तीन घरको दायाँबायाँ पहिरो गई जोखिम अवस्थामा रहेको माङसेबुङ गाउँपालिका विपद् समिति सम्पर्क व्यक्ति युवराज दाहालले जानकारी दिए ।

पहिरोले माङसेबुङ गाउँपालिका वडा नं. ५ का योगिता राईको घर बगाएको छ । त्यस्तै वडा नं. ३ का महेशकुमार शेर्मा, खड्गविर आङदेम्बे, सुकमान नेम्बाङको घर दायाँबायाँ पहिरो गई जोखिम अवस्थामा रहेको छ ।

वडा नं. २ को अर्जुनकुमार राई र वडा नं. ५ का टिकाराम राई र सोमबहादुर राईको घर पहिरोले चर्किएर बस्न नमिल्ले अवस्थामा पुगेको छ । त्यसैगरि, वडा नं. ६ को नविनकुमार राई, दिपराज राई, भाद्रमान राई, लगेन्द्र राई, दुर्गामान राई, हरिकुमार राई, निर्मला राई, हेमकुमार राई र गणेशकुमार राईको पहिरोले चर्किएर बस्न नमिल्ले अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार