नेकपा एमाले फाकफोकथुमको अध्यक्षमा योङहाङ निर्वाचित (मत परिणामसहित)

इलाम : नेकपा एमाले फाकफोकथुमको अध्यक्षमा अर्जुनकुमार योङहाङ लिम्बू निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न पार्टीको दोस्रो गाउँ अधिवेशनबाट योङहाङ अध्यक्षमा निर्वाचित भएका हुन् । नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको थियो ।

योङहाङले अध्यक्षका अर्का उम्मेद्वार प्रेमराज लिम्बू (सोल्टी) लाई पाँच मतले पराजित गरेका हुने । योङहाङले ९३ मत प्राप्त गर्दा लिम्बूले ८८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा टेकबहादुर खपाङ्गी एक सय ११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी लक्ष्मण लामिछानेले ६६ मत्र मात्र प्राप्त गरेका ।

सचिवमा ओमप्रसाद खनाल सय मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी दिपककुमार तामाङले ७६ मत ल्याए ।

उपसचिवमा  होमकुमार लायाे मगर एक सय १७ मतका साथ निर्वाचित भए । उनका प्रतिष्पर्धधी नरबहादुर तामाङले ५१ मत मात्र पाएका थिए ।

महिला उपसचिवमा कविता मुकारूङ राई र सदस्यहरु सबै सर्वसम्मत चयन भए ।

अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवम् प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार