पहिरोले माङसेबुङका ६ विद्यालयमा करोडौं क्षति

पहिरोले क्षति पुर्‍याएको इभाङ माध्यमिक विद्यालय ।

माङसेबुङ : गएको असोज ९ देखि १२ सम्म परेको अविरल वर्षकाका कारण पहिरोले इलामको माङसेबुङ गाउँपालिकाका ६ वटा विद्यालयमा करोडौंको क्षति गरेको छ ।

पहिरोले माङसेबुङ गाउँपालिका वडा नं. ६ को चिसोपानी माध्यमिक विद्यालय पुर्दा ५० लाख बराबरको क्षति भएको छ । पहिरोले वडा नं. २ को ईभाङ माध्यमिक विद्यालयमा १२ लाख, ईभाङ आधारभुत विद्यालयमा १० लाख र सिंहदेवि आधारभूत विद्यालयमा पाँच लाख बराबरको क्षति पुर्‍याएको माङसेबुङ गाउँपालिका विपद् सम्पर्क व्यक्ति युवराज दाहालले जानकारी दिए ।

त्यस्तै, वडा नं. ३ को पवित्र आधारभूत विद्यालयमा पाँच लाख र रतुवा खोला कटानले वडा नं. ४ को जनता आधारभुत विद्यालयमा १५ लाख बराबरको क्षति पुगेको छ ।

पहिरोले क्षति पुर्‍याएको विद्यालयहरुको मर्मत गर्न बजेट व्यवस्थापनका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी पठाइएको माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार