स्व. राजभक्त नेम्बाङ स्मृति फुटबल प्रतियोगिता : लुङमाहिम, टुस्टार र मुलुहाङ एफसी सेमिफाइनल प्रवेश

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवामा जारी स्वर्गीय राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरूष फुटबलमा क्वाटरफाइनलकाे सोमबार तीन खेल सम्पन्न भएका छन् ।

पहिलाे क्वाटरफाइनल खेलमा नागवेली एफसीलाई २-० गाेल अन्तरले हराउँदै लुङमाहिम एफसीले सेमिफाइनलमा स्थान बनाएकाे छ ।

दाेश्राे क्वाटरफाइनल खेलमा टु स्टार एफसीले गुम्बाडाँडा एफसीलाई टाइब्रेकरमा पराजित गरेकाे छ । निर्धारित समयमा गाेल रहित बराबरी भएपछि टाइब्रेकरमा टु स्टारले ५-४ गाेल अन्तरले जित निकालेकाे हाे ।

तेश्राे क्वाटरफाइनल खेलमा मुलुहाङ एफसीले फाइभ स्टार एफसीलाई सडनडेथमा पराजित गरेकाे छ । निर्धारित समयमा दुबै टिमले १-१ गाेल बराबरी गरेका थिए । टाइब्रेकर प्रहारमा मुलुहाङ ५-४ गाेल अन्तरले विजयी बन्याे ।

अन्तिम क्वाटरफाइनल सुनाखरी र डिएफसी बिचकाे खेल समय अभावका कारण सम्पन्न हुन सकेन् । पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे दाेश्राे हाफ साेमबार बिहान १० बजे गरिने निर्णय भएकाे छ ।

इलाम र पाँचथरका १६ टिम सहभागी प्रतियोगिताकाे बिजेताले १ लाख र उपविजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट गाेलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता खेल संयाेजक उपेन्द्र नेम्वाङले जानकारी दिए ।

सुनाखरी युथ क्लबले विजया दशमी तथा शुभ दिपावलीकाे अवसरमा संचालन गरेकाे प्रतियोगिता कार्तिक १४ गते सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार