सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग

काठमाडौँ : कांग्रेस महानमन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका जोडिएका जोसुकै भए पनि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।

सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्ने भन्दै महामन्त्री थापाले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि सहरकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न सरकारसँग आग्रह गरे । सहकारीको रकम अपचलनमा दोषी देखिए जोसुकैमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

साथै उनले सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराउने गरी सरकारले काम गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार