नेपाली काँग्रेस इलाम सभापति तथा समाजसेवी डम्बर बहादुर खड्का सहित तिनजना सम्मानित

मगलबारे : नेपाली काँग्रेस जिल्ला कार्यसमिति इलामका सभापति तथा समाजसेवी डम्बर बहादुर सम्मानित भएका छ्न । सभापति डम्बर बहादुर खड्का सहित जिल्ला  सदस्य खेम माबो , सुरेश लिम्बु महिला स्यमसेविका भगिमाया मगर र लिलादेवि पोख्रेललाई देउमाई नगरपालिका वडा नं ९ जितपुर स्वास्थ्य चौकीले सम्मान गरेको हो ।

स्वास्थ्य सस्थामा समाजसेवी खड्काले कोरोना महामारीमा माक्स सेनिटाईजर लगायतका सामाग्रि साथै स्वास्थ्य कार्यलयमा फोटोकपि मेसिन उपलब्ध गराएकोमा सम्मान गरिएको साथै खेम मावो र सुरेश लिम्बुलाई आर्थिक तथा भौतिक समाग्रि सहयोग गरे बापत सम्मान गरिनुका साथै स्वाथ्य स्यमसेविका भगिमाया मगर र लिला देवि पोख्रेललाई २०५२ सालदेखि लामो समय उत्कृष्ट काम गरेकोमा सम्मान गरिएको जितपुर स्वास्थ्य कार्यलय प्रमुख राजकुमा चौधरीले बताए ।

वडाध्यक्ष याम कुमार लिम्बुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इलाम जिल्ला क्षेत्र नं २ , १ का माननिय प्रदेश सभा सदस्य गोविन्द गिरी लगायत जितपुर स्थित बिभिन्न राजनैतिक दलका प्रतिनिधि , विध्यालय ब्यस्थापन समितिका अध्यक्ष , प्रधानाध्यापक , कर्मचारी , समाजसेवी र सर्वधारणको उपस्थित रहेको थियो ।
कार्यक्रमा प्रदेशसभा सदस्य गोविन्द गिरी , वडाध्यक्ष याम कुमार लिम्बु , स्वास्थ्य शाखा प्रमुख राजकुमार चौधरीले दोसल्ला प्रसंसा पत्रका साथै मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा प्रमुख अथिति प्रदेश सभा सदस्य गोविन्द गिरी , सम्मानित डम्बर बहादुर खडका लयायत अन्य अथितिहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार