नेपालमा चक्रवात दानाको प्रभाव, कोशीमा वर्षा, इलाममा बढ्यो चिसो

काठमाडौँ : देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात दानाको आंशिक प्रभावसमेत रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा  आंशिक बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेशलगायत  देशको पहाडी भूभागका  एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक–आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता दानाको असर इलाममा पनि परेको छ । दानाका कारण राम्रोसँग घाम लाग्न नसकेका अवस्थामा शनिबार बिहानैदेखि मौसम धुम्म रहेको छ । शुक्रबार छिटपःुट बर्षा भयाे भने चिसोसमेत बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार