झापा : झापाको कमल गाउँपालिका ५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडक खण्डमा यात्रुवहाक बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाईकल चालकको पहिचान खुलेको छ ।
यसरी ज्यान जानेमा मोरङ, केराबारी गाउँपालिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्व जादैै गरेको प्रदेश १– ०१ –००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले विपरीत दिशाबाट आउदै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ निजको घटनास्थलमा नै ज्यान गएको थियो । घटना भएको दुई घण्टा प िमृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले उक्त साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।
बसका चालकले लार्पावाही गरि सवारी चलाउदाँ सो दुर्घटना भई मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । केही समय राजमार्गसमेत अवरुद्ध भएको थियो । तर अहिले भने अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।