क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि चिबुवालाई

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ पावामा आयोजित माङसेबुङ टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ-३ को चिबुवा एफसीले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा माङसेबुङ-२ को इभाङ-३ एफसीलाई पराजित गर्दै चिबुवाले उपाधि चुमेको हो ।

उपाधिसँगै चिबुपाले नगद ३० हजार र ट्रफि हात पार्‍यो । उपविजेता इभाङले नगद २० हजारसहित ट्रफि पायो ।

विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङलगायतले पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कार वितरण कार्यक्रम आयोजक सुनुयुमा विकास संस्थाका अध्यक्ष उत्तरबहादुर योङहाङको अध्यक्षता र सचिव अतित योङहाङको सञ्चालनमा भएको थियो ।

सुनुयुमा विकास संस्था माङसेबुङ-२ पावाको आयोजनामा गत २४ असोजदेखि सुरु भएको प्रतियोगितामा माङसेबुङका विभिन्न १८ वटा क्लबको सहभागिता थियो ।

प्रतियोगिता स्थानीय पावा खेलमैदानमा सञ्चालन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार