माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ पावामा बिहीबारदेखि माङसेबुङ क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । “पूर्व खेलाडीहरुको स्मृतिमा” सुनुयुमा विकास संस्था माङसेबुङ-२ पावाको आयोजनामा स्थानीय पावा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफि पाउनेछन् ।
प्रतियोगिताको फाइनल असोज ३० गते हुने खेल संयोजक जीवन योङहाङले जानकारी दिए ।
हर्नुहोस् खेल तालिका :
