दशैंमा सफा र चिटिक्क मौसम

  नयाँ बुलन्द
266 Shares

काठमाडाैंँ : यसवर्षको दशैंमा धेरैको अनुमान थियो ठुलो वर्षा हुने छ । तर,सोमबार  नेपालको पूवी क्षेत्रहुँदै पश्चिमबाट मौसम सफा भइसकेको छ । त्यसैले यसवर्षको दशैंमा पानी नपरी मौसम सफा रहने अनुमागन जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार