इलाम : आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी वापत २० लाख १७ हजार छ सय चार रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ ।
आइएमई लाइफ इन्सोरेन्सको इलाम शाखाले बीमित देउमाई नगरपालिका-८ स्थित लेखराज राउतको मृत्यु दावी रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो । शाखा प्रमुख मंगेश खत्रीले २० लाख १७ हजार छ सय चार रुपैयाँको चेक मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
इन्सोरेन्स इलाम शाखाका प्रमुख खत्रीले चेक हस्तान्तरण गर्दै विपत्तिमा सम्पत्ति भनेकै जीवन बिमा रहेको बताउँदै भविष्यमा हुने वित्तीय जोखिमको लागि आय स्रोतको आधारमा सबै जनताको बिमा हुन जरुरी रहेको बताए । उनले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बिमा अनिर्वाय भएको बताए ।