माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित विद्यालय शिक्षकहरुका लागि आधारभूत ध्यान तथा योग शिविर सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गत ७ असोजदेखि सञ्चालित सात दिने शिविर मङ्गलबार सम्पन्न भएको हो ।
शिविरमा ६ भन्दा माथि कक्षा सञ्चालित १७ वटा विद्यालयका ३४ जना शिक्षकहरुको सहभागिता थियो ।
यो शिविरमा सहभागी भएका शिक्षकहरुले अन्य विद्यालयमा सञ्चालन हुने अन्य शिविरका लागि प्रशिक्षकको भूमिका निर्वाह गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार यस्ता शिविहरु विद्यालयमा समेत सञ्चालन हुनेछन् ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।