इलाम : पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकालाई जोड्ने हेंवा खोलामा फड्के निर्माणको काम भएको छ । नेपाली सेनाको रणशेर दल गणको नेतृत्वमा फड्के निर्माण सुरु गरिएको हो ।
पैदल यात्री र मोटरसाईकल वाररपार गर्न मिल्ने गरिको फड्के निर्माण थालिएको सेनाले जनाएको छ । निर्माण कार्यमा सेनासहित जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली खटिएका छन् । दुई दिन भित्रमा फड्के निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको फिदिम नगर प्रहरी प्रमुख सुजन पुरीले जसनकारी दिए ।