किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा पुनः फियाक निर्वाचित

झापा : किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा पुनः शेसेहाङ फियाक निर्वाचित भएका छन् । बिर्तामोडस्थित चुम्लुङ कार्यालयमा सप्पन्न ११ औ जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रमबाट अध्यक्षमा पुनः फियाक निर्वाचित भएका हुन ।

नयाँ नेतृत्वका लागि अध्यक्षसहित सचिबमा सहमती नभएपछि निर्वाचन भएको थियो । अध्यक्षमा फियाकले ८१ र उनका प्रतिस्पर्धा जनबहादुर जबेगुले ६८ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा भिममाया नेम्बाङले ९७ मत ल्याई निर्वाचित भईन भने उनका प्रतिस्पर्धा स्वर्ण लोवाले ५३ मत प्राप्त गरे ।

समितिको उपाध्यक्षद्वयमा हस्तबहादुर आङ्देम्बे ,दिब्यकला थेबे ,सहसचिवद्धयमा कमला योङहाङ, कबिन्द्रविक्रम नेम्बाङ र कोषाध्यक्षमा तारा लिम्बू निर्बिरोध चुनिएका छन् ।

यसैगरि, जिल्ला सदस्यहरुमा पुरुषतर्फवाट मनिकुमार खेवाङ, केन्द्र लिङदेन,जापान थेवे,धर्म लक्सम्बा, विकेन्द्रकुमार मेन्याङवो,मनिराज कन्दङवा,सुर्यबहाुर लिम्बू,भुपेन्द्र लाओती सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरि, महिलातर्फ जिल्ला सदस्यहरुमा तारा शेर्मा, रमा केरुङ, बन्दना नेम्बाङ लगायत चुनिएका छन् ।

निर्वाचन सम्पन्न गर्न चुम्लुङका संघीय सदस्य अमृत योङहाङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचनमा  १८६ मत मध्ये १५६ खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार