इलाम : बाढिपहिरोको कारण अबरुद्ध मेचि राजमार्गको राँके फिदिम खण्ड आइतबार साँझ सम्म खुलाउने तयारी थालीएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि हेमन्त भण्डारीले आज साँझ सम्म राँके फिदिम खण्ड सञ्चालनमा आउने जानकारी दिए ।
फिदिम राँके खण्डमा झरेको पहिरो आइतबार बिहानबाटै सडक विभाग र सुरक्षा निकायको समन्वयमा पछाउन थालिएको भण्डारीले जानकारी दिए ।
हेवा खोलाले बेलीब्रिज बगाए पछि ताप्लेजुङ तर्फ खुल्न केहि दिन लाग्ने बताइएको छ । हेवा खोलामा फड्के निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।