काठमाडौं : नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो ।
उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना–