नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक

  नयाँ बुलन्द
133 Shares

 

इलाम: नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ । ढुङ्गानाका पिता देवी प्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो ।

पाँचथरको फिदिम नगपालिका २ साम्दिन घर भएका ढुङ्गाना अचानक अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो ।
१९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा र ५ जना छोरी रहेका छन् । जसमध्ये लवदेव नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष हुन् ।
त्यस्तै लक्ष्मी ढुङ्गाना पाँचथर वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।

स्व. ढुङ्गानाको पार्थिव शरीरलाई हिन्दू संस्कार अनुसार बुधवार तमोर नदीको घाटमा अन्तिम दाह संस्कार गरिँदैछ।उपाध्यक्ष ढुङ्गानाका पूज्यनीय पिताको असामयिक निधनप्रति नयाँ बुलन्द डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार