काठमाडौँ : सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ ।
ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ ।
रिट निवेदनमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निकास दिनुपर्ने माग गरिएको थियो।