संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ

काठमाडौँ : संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

एमाले सांसद सूर्य थापा संयोजक रहेको समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो । समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सभामुख देवराज घिमिरेले सचिवालयलाई तुरुन्तै निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । यसपछि संघीय संसद सचिवालयले आफ्नो वेबसाइटमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो ।घ

छानबिन समितिले सहकारी संस्थाको रकम कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको र अवैध रकम चलाएको अभियोगमा प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका सञ्चालक तथा तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार