इलाम : जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोला नेपाल खेलकुद सम्मान २०८१ बाट सम्मानित भएका छन् ।
प्रयास मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बिच बाँस्तोलालाई सम्मान गरेको हो ।
प्रयास मञ्चले बाल अनाथलय, वृद्धाश्रम, अपाङ्ग केन्द्र र दुर्गमका खेलाडीहरुको सहयोगार्थ “बुद्धवीर लामा तेह्रौं एकल साङ्गीतिक साँझ आज आयोजना गरेको छ ।
उक्त वृहत साङ्गीतिक समारोहमा नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलकुद सारथीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाई उनले जिल्ला खेलकुद सम्हालेपछि इलाममा खेलकुद विकासले तिब्रता पाएको र यो समग्र राष्ट्रिय खेलकुदको विकासको लागि महत्वपूर्ण योगदान रहेकोले सम्मान गरिएको कार्यक्रम प्रमुख बरिष्ठ गीतकार बुद्धविर लामाले बताए ।
जिल्ला खेलकुदको अध्यक्ष भएपश्चात बाँस्तोलाले विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्दै आएका छन् । इलामको दुर्गम क्षेत्रमा राष्ट्रपति रनिङ शिल्डलगायतका खेल प्रतियोगिता आयोजना गरेर सदरमुकाममा केन्द्रित खेलहरुलाई दुर्गम क्षेत्र पालिका पालिकामा पुरााउन बाँस्तोलाको भूमिका महत्वपुर्ण छ । यसबाट सधै सदरमुकाममा मात्रै हुदै आएको राष्ट्रपति रनिङ शिल्डलगायत खेलकुद प्रतियोगिता इलामका बिभिन्न पालिकाहरुमा आयोजना गरेर खेल क्षेत्रलाई जिल्ला ब्यापी चलयामान बनाउन सफल भएका हुन् ।
उनी खेलकुद विकास समिति इलामको अध्यक्षमा आएपछि इलामको खेल क्षेत्रमा धेरै राम्रा कामहरु भएका छन जसबाट खेलाडी खेल क्षेत्रमा बिशेष उत्साह छाएको छ ।
बाँस्तोलाले जिल्लाका खेलाडीहरूको नियमित खेल प्रशिक्षण र अभ्यासको लागि नेपाल सरकारसँगको समन्वयमा आधुनिक भवन निर्माणको लागि बजेट व्यवस्थापन गरेका गरेका छ्न्, जसले इलामको खेलाडीहरूलाई थप उचाइमा पुर्याउने जिल्लाका खेलकुदकर्मीहरुले बताउँदै आएको छन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हरेक वर्ष एक पालिकालाई झण्डा हस्तान्तरण गर्दै इलामका १० वटै पालिकामा आयोजना गर्ने अभियान उनले सुरु गरेका छन् ।
२०७९ सालको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलामका दुर्गम पालिका फाकफोकथुम गाउँपालिकामा आयोजना गरी पहिलोपटक सदरमुकाम बाहिर यो प्रतियोगितालाई उनले पुर्याका हुन् ।
उक्त प्रतियोगिता कोशी पदेश उत्कृष्ट प्रतियोगिताको रुपमा कोशी प्रदेश सरकारबाट सम्मान समेत पाउन सफल भएको थियो ।
उनले हरेक खेलकुद कार्यक्रममा आफै सहभागी भएर खेलकुद सामाग्री हस्तान्तरण खेलाडी प्रोत्साहन गर्ने गरेका थिए ।
प्रदेश सरकारसँग समन्वय गरेर उनले खेलकुद क्षेत्रको खेलमैदान लगायतका लागि बजेट ब्यवस्थापनको पहल गरेका छन् ।
अध्यक्ष बास्तोलाको जिल्ला खेलकुद विकास समितिमा कुनै पनि सेवा सुबिधा नभएको बजेट न्युन भएको र सामान्य कार्यलय सञ्चालन गर्न पनि कठिन रहेको अवस्थामा पनि चाहेमा धेरै काम गर्न सकिने रहेछ भन्ने कुरा उनले काम गरेरै देखाएका छन् ।
राजनितिक नियुक्ति भएर जिल्लामा आए पनि राजनितिक स्वार्थबाट माथि उठेर उनले जिल्लाका १० वटै पालिका जिल्लाका सरकारी निकाय खेल सघहरुलाई समन्वय गर्दै छोटो समयमा खेलकुद क्षेत्रमा बाँस्तोलाले जिल्लालाई चिनाउन सफल भएका छन् ।
यस खेलकुद सम्मानले आफूले गर्दै आइरहेको कामप्रति थप सजग र थप जिम्मेवार बन्दै खेलकुद क्षेत्रमा अझै महत्वपूर्ण काम गर्न थप उत्प्रेरणा र हौसला आफूले पाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए ।