इलाम: इलामका नवीन कुमार भट्टराई ‘नेपाल विद्याभूषण ख’ बाट सम्मानित हुने सुचीमा परेका छन् ।
गोल्ड मेडलिस्ट २०७३ सालमा पूर्वाञ्चलबाट शिक्षक एक नम्बरमा माध्यमिक तहको विज्ञान शिक्षकमा सिफारिस भएका भट्टराईले २०८० सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट एम.एड. टप गर्दै शिक्षा दिवसका दिन नेपाल विद्याभूषण ख बाट पुरस्कृत हुनेको लिष्टमा दर्ज भएका हुन् ।
उनले आधारभूत शिक्षा सिद्धबाबा माध्यमिक विद्यालय घुर्विसे पञ्चमीबाट थालनी गर्दै इलाम विद्या मन्दिरबाट एसएलसी पास गरेका थिए ।आदर्श माध्यमिक विद्यालयबाट प्लस टुमा कलेज टप भएर भू-गर्भशास्त्रमा त्रि-चन्द्र क्याम्पसबाट बिएससीको अध्ययन पुरा गरेका उनले निजि विद्यालय समता शिक्षा निकेतन इलामबाट जागीरको शुरुवात गरे ।
बौद्धधाम माद्यमिक विद्यालय पशुपतिनगरमा (अस्थायी) शिक्षकको रुपमा काम गर्दै ०७३ सालको शिक्षक सेवा आयोगमा माध्यमिक तह विज्ञान विषयबाट पूर्वाञ्चल प्रथम स्थान हाँसिल गरी थर्पु माध्यमिक विद्यालय पाँचथरमा स्थायी जागीरमा प्रवेश थिए ।
०७५ सालदेखि जीतपुर माध्यमिक विद्यालयमा विज्ञान तथा गणित विषय शिक्षकमा शिक्षण पेशा गरेका हुन् ।इलामको फाकफोकथुम-१ तमाखे घर भइ हाल इलाम नगरपालिका बसोबास गर्दै आएका उनी हाल इलामको रोङ ३ स्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयमा कार्यरत छन् ।उनको अब्बल शैक्षिक ज्ञानको अहिले सर्वत्र चर्चा चुलिएको छ ।