‘शशीकला स्मृति पत्रकारिता पुरस्कार’ काफ्ले र ढकाललाई प्रदान गरिदैँ

  नयाँ बुलन्द
210 Shares

इलाम :  प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सहिद स्मृति प्रतिष्ठान इलामले विगत ३ वर्षदेखि वितरण गर्दै आएको जनयुद्धका सहिद पत्रकार ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार-२०८१’ पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकालले पाउने भएका छन् ।

बुधबार इलाममा बसेको प्रतिष्ठानको बैठकले प्रेस सन्टरको सिफारिसमा पत्रकारद्वय काफ्ले र ढकाललाई दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष धिरेन्द्र शर्माले जानकारी दिए । पुरस्कार बिहीबार संविधान दिवसको अवसरमा वितरण गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

१० वर्षे जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो । यसअघि सो पुरस्कार इलामका लेखक/पत्रकार रीता राराहाङ, नाटककार/पत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् ।

तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शर्मालाई जनयुद्धका बेला २०६० असोज २६ गते तत्कालिन शाही सेनाले इलाम नगरपालिका-३ पुवामझुवामा गोली प्रहार गरी हत्या गरेका थिए । शर्मा तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकका साथै नेकपा (माओवादी) की जिल्ला सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य थिईन् ।

उनकै नामबाट शहिद स्मृति प्रतिष्ठानले पत्रकारिता पुरस्कार स्थापना गरेको हो । जनयुद्धको क्रममा इलाममा माओवादीतर्फ ८६ जनाको हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार