माईजोगमाई गाउँपालिकाको सूचना : एक वर्षमा १० लाख ९३ हजार जिल्ला बाहिरको मिडियालाई !

  नयाँ बुलन्द
980 Shares

इलाम :विज्ञापन/सूचना सम्प्रेषणको नाममा इलामका विभिन्न सरकारी निकायबाट करोडौं रुपैयाँ जिल्ला बाहिरका मिडिया/एजेन्सीमा जाने गरेको छ । यहाँका सरकारी कार्यालयहरुबाट बोलपत्र आह्वान, दरभाउपत्र आह्वान, प्रस्ताव आह्वान, आसयपत्र माग, खरिदबिक्रीलगायतका सूचना प्रकाशन बापत बर्सेनि करोडौं रुपैयाँ जिल्ला बाहिरका मिडिया/एजेन्सीमा जाने गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २ख. बमोजिम प्रकाशन गर्नेपर्ने सूचना स्थानीय (जिल्लाका) मिडिया/एजेन्सीलाई नदिई जिल्लाबाहिरका मिडिया/एजेन्सीलाई दिने गरेका छन् ।

इलामको माईजोगमाई गाउँपालिकाले एक वर्षमा बोलपत्र आह्वान सम्बन्धी सूचना सम्प्रेषणमा १० लाख ९३ हजार छ रुपैयाँ खर्चिँदा सबै जिल्ला बाहिरको मिडिया/एजेन्सीलाई दिएको पाइएको छ । आर्थिक वर्ष २०७९/०८० मा बोलपत्र आह्वान सम्बन्धी विभिन्न सूचना सम्प्रेषणको नाममा सो रकम खर्चिएको पाईएको हो ।

प्राप्त तथ्याङ्क अनुसार माईजोगमाई गाउँपालिकाले सो आर्थिक वर्ष बोलपत्र आह्वान सम्बन्धी सूचना सम्प्रेषणको नाममा फाइव वाइ फाइव मिडिया प्रालि, रमाइलो एडभर्टाइजमेन्ट प्रालि र युग पब्लिकेशन प्रालिलाई भुक्तानी दिएको छ ।

फाइव वाइ फाइव मिडिया प्रालिलाई मात्र तीन पटकको भुक्तानीमा छ लाख एक हजार छ सय १४ रुपैयाँ २० पैसा दिएको छ । त्यस्तै रमाइलो एडभर्टाइजमेन्ट प्रालिलाई दुई पटकको भुक्तानीमा  दुई लाख ९२ हजार तीन सय ६४ रुपैयाँ तीस पैसा र युग पब्लिकेशन प्रालिलाई एक लाख ९९ हजार २७ रुपैयाँ ५० पैसा भुक्तानी दिएको छ ।

त्यस्तै आर्थिक वर्ष ०८०/०८१ मा बोलपत्र आह्वान सम्बन्धी विभिन्न सूचना सम्प्रेषणको नाममा पाँच लाख ६६ हजार नौ सय ८९ रुपैयाँ खर्चिदाँ सबै जिल्ला बाहिरका मिडिया/एजेन्सीलाई भुक्तानी दिएको पाइएको छ ।

सो आर्थिक वर्ष जिरो मिडिया प्रालिलाई एक लाख ३९ हजार आठ सय ४९ रुपैयाँ, एड फोकस मल्टिपल विजनेस प्रालिलाई एक लाख ६० हजार एक सय ७८ रुपैयाँ र युग पब्लिकेशन प्रालिलाई दुई लाख ६६ हजार नौ सय ६२ रुपैयाँ भुक्तानी दिएको छ । माईजोगमाई गाउँपालिकाले भुक्तानी गरेका सबै मिडिया/एजेन्सी जिल्ला बाहिरका हुन् । जसमध्यै केही नेपाल सरकार विज्ञापन वोर्डमा सूचिकृत नै नभएका पनि छन् । दुई आर्थिक वर्षमा इलामका कुनैपनि मिडिया/एजेन्सीलाई भुक्तानी दिएको पाईएको छैन ।

सूचना सम्प्रेषणको नाममा यही अनुपातमा मात्र जिल्ला बाहिरका मिडिया/एजेन्सीमा भुक्तानी भएको मान्ने हो भन्ने पनि यहाँकी संघ र प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहबाट बर्सेनि करोडौं रकम बाहिरिने गरेको छ । जसका कारण स्थानीय मिडिया/एजेन्सी मारमा परेका छन् ।

यो समाचार तयार आ.व. २०८१/०८२ का लागि पार्दासम्म नेपाल सरकार विज्ञापन वोर्डमा सूचिकृत भएका इलामबाट सञ्चालित मिडिया/एजेन्सीहरुमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि (एजेन्सी स्वीकृति नविकरण)एवम् इलाम मल्टिपर्पोज कम्पनी प्रालि, रोङ मिडिया प्रालि‍ र किरात मल्टिमिडिया प्रालि (एजेन्सी स्वीकृति) रहेका छन् । विज्ञापन वोर्डले विज्ञापन वोर्डमा सूचिकृत भएका मिडिया/एजेन्सीसँग मात्र कारोबार गर्न यसअघि नै सरकारी निकायलाई निर्देशन दिईसकेको छ ।

नेपाल सरकार विज्ञापन वोर्डमा सूचिकृत इलामका मिडिया/एजेन्सीहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार