सूचना लुकाउदै माईजोगमाई गाउपालिका ,अपुरो सूचना उपलब्ध गराउने सूचना अधिकारीलाई भएन कारबाही - Nayabulanda.com

सूचना लुकाउदै माईजोगमाई गाउपालिका ,अपुरो सूचना उपलब्ध गराउने सूचना अधिकारीलाई भएन कारबाही

  नयाँ बुलन्द
1.5k Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिकाले सूचना दिनु आनाकानी गरेको छ । सूचना मागकर्तालाई अपुरो सूचना दिएर नागरिकको सूचना पाउने अधिकारबाट बञ्चित गरेको हो । गत साउन २८ गते इलाम नगरपालिका ९ निवासी प्रकाश नेपालले सार्वजनिक महत्वका सामग्री प्रकाशन गरेको विषयमा सूचना माग गरेका थिए ।

तर, माईजोगमाई गाउँपालिकाका सूचना अधिकारी करुणा नेपालले सूचना नदिएपछि कार्यलय प्रमुखलाई नेपालले सूचना माग गरेका थिए । तर, कार्यलय प्रमुख कुमार वस्नेतले समेत सूचना माग कर्ताले माग गरे बमोजिमको सूचना उपलब्ध नगराएको र सूचना दिन अस्विकार गर्ने अधिकारीलाई समेत कारवाही गर्नुको सट्टा उल्टै जोगाएका छन् ।
गाउँपालिकाले गत भदौ १७ गते इमेल मार्फत नेपाललाई उपलब्ध गराएको सूचना अपुरो रहेको बताइएको छ । सूचना माग कर्ता नेपालले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा समेत गाउँपालिकाले आलटाल गरी अपुरो सूचना उपलब्ध गराएको हो ।
सूचना मागकर्ता नेपालले साउन २८ गते इमलमार्फत सूचना उपलब्ध गराईदिन माग गरेका थिए । गाउँपालिकाले भदौ १७ गते इमेल मार्फत नै सूचना त उपलब्ध गरायो, तर अपुरो मात्र ।
नेपालले आर्थिक बर्ष २०७९र०८० र ०८०र०८१ मा कुनकुन स्थानका लागि कतिकति बजेटको ९ठेक्का० बोलपत्र आह्वान गरियो, कति वटा काम कोटेशन मार्फत गरियो, तीमध्ये कति योजनाको सम्झौता भए र कति सम्झौता भएनन् भन्ने विवरण माग गरेका थिए ।
त्यस्तै, दुई आर्थिक वर्षमा ९बोलपत्र आह्वान सम्बधी सूचना० पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजित रकम के(केमा, कुनकुन सञ्चारमाध्यमलाई कुनकुन मितिमा कतिकति भुक्तानी गरियो भनी खर्चको विवरण, प्रकाशितरप्रशारित सूचना सामग्री र विलको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।
माईजोगमाई गाउँपालिकाले सूचना मागकर्तालाई २०७९र०८० र ०८०र०८१ मा कतिकति बजेटको ९ठेक्का० बोलपत्र आह्वान गरियो भन्ने विवरण गोलमाल रुपमा उपलब्ध गरायो, तर कति वटा काम कोटेशन मार्फत गरियो, कति योजनाको सम्झौता भए र कति सम्झौता भएनन् भन्ने विवरण उपलब्ध गराएन ।
यस्तै, दुई आर्थिक वर्षमा बोलपत्र आह्वान सम्बधी सूचनामा भएको खर्च विवरण उपलब्ध गराएपनि सूचना मागकर्ताले गरेको माग बमोजिम सञ्चारमाध्यममा प्रकाशितरप्रशारित सूचना सामग्री र विलको प्रमाणित प्रतिलिपि उपलब्ध गराएन । त्यतिमात्र होइन, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजित रकम ९बोलपत्र आह्वान सम्बधी सूचनामा बाहेक० अन्य केकेमा खर्च गरियो भन्ने विवरण समेत उपलब्ध गराएन ।
सूचना अधिकारी करुणा नेपालले अन्य दिन नमिल्ने भएकाले दिन मिल्ने सूचना मात्र उपलब्ध गराएको बताइन् । तर, के कारणले दिन नमिल्ने खुलाइनन् ।

सूचना अधिकारीलाई भएन कार्वाही

सूचना मागकर्ताले गरेको मागबमोजिम अपुरो सूचना उपलब्ध गराउने सूचना अधिकारीलाई कार्यालय प्रमुखले कार्वाही गरेन ।
सूचना मागकर्ता नेपालले दोस्रोपटक ुअपुरो सूचना उपलब्ध गराउने सूचना अधिकारी उपर कारबाही गरी माग गरेको सूचना पाउँ भन्ने बारेु विषयमा भदौ १७ गते कार्यालय प्रमुख कुमार बस्नेत समक्ष इमेलमार्फत निवेदन पेश गरे । तर, कार्यालय प्रमुख बस्नेतले न सूचना अधिकारीलाई कार्वाही गरे, न त सूचना नै उपलब्ध गराए ।
कार्यालय प्रमुखले समेत अपुरो सूचना उपलव्ध गराएर नेपालको संविधान को धारा २७ मा प्रत्याभूत सुचनाको हक एवम् सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ अनुसारको हकमा आघात पुर्योउने सूचना अधिकारीलाई संरक्षण गर्नुका साथै सूचना मागकर्तालाई सूचनाको हकबाट वञ्चित गराएको पाईएको छ । पुर्वान्चल दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार