नवगठित ९ सदस्यीय कार्य समितीमा चन्द्रमाँया बोहोरा, सर्मिला रैका, लक्की शेर्पा, खगेन्द्र बस्नेत, भूपाल तामाङ, भरत राई, उमन राई, र दुर्गा नेम्बाङ सदस्यका रूपमा रहेका छन्। यो जानकारी प्राविधिक इकाई पाँचथरका सूचना अधिकारी कैलाश न्यौपानेले दिएका हुन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बे र कार्यक्रमका अध्यक्ष काशिराम पाण्डे रहेका थिए। यसअघि समितीको संयोजक धन कुमार तामाङ थिए। नवगठित समितीको कार्यकाल २ वर्षको रहनेछ।