अन्तु : कोशी प्रादेशिक क्रिकेट संघको तेस्रो साधारण सभा शुक्रवार बाट सुरु भएको छ । इलामको पर्यटकीय क्षेत्र अन्तुमा भदौ २८ गते उद्घाटन भएर २९ गते समापन हुनेछ ।
साधारण सभाको उद्घाटन कोशी प्रदेशका पुर्ब अर्थ मन्त्री इन्द्र आङ्बो मौसमले गरे । साधारण सभामा विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिको उपस्थिति रहेको कोशी प्रादेशिक क्रिकेट संघका सचीव टिकाराम पुरीले जानकारी दिए ।