
बागलुङ : मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी शुक्रबार बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । सरकारी नम्बरको गाडी भएपनि कुन संस्था वा मन्त्रालयको भन्ने खुलेको छैन ।
प्रहरीका अनुसार शव अप्ठ्यारो भीरमा अड्किएकाले नकाल्न कठिन भइरहेको छ । मृतकको पहिचान पनि खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।





















































