डोटी : डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।
डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।