नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागद्वारा इलाम नगरपालिकालाई सम्मान

  नयाँ बुलन्द
266 Shares

इलाम : इलामको इलाम नगरपालिका स्थानीय तह वित्तिय शुसासन जोखिम मूल्याकंनमा उत्कृष्ट ठहरिएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको मूल्याकंनमा इलाम नगरपालिका उत्कृष्ठ ठहरिएपछि पालिका प्रमुख केदार थापालाई एक समारोहबीच सम्मान गरिएको छ ।

विहीबार काठमाडौंमा आयोजित बृहत समारोहकाबीच इलाम नगरपालिकासहित उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको हो । उत्कृष्टहरुलाई सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरुले सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमतामा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो । यस्तै २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो ।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ ।

इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरमै उत्कृष्ट ठहरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९।०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचाङ्कसहित इलाम नगरपालिका उत्कृष्ट भएको हो ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए। मेयर केदार थापाले नगरले मेहनतपूर्वक काम गरेकाले यो सफलता हासिल भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार