बैंकर्स क्लब इलाम अध्यक्षमा अम्बिक ढकाल चयन

  नयाँ बुलन्द
245 Shares

इलाम : इलामको बैंकर्स क्लबको अध्यक्षमा अम्बिक ढकाल चयन भएका छन । ज्वोती बिकाश बैंक इलामका शाखा प्रमुखका रुपमा कार्यारत ढकाल दोस्रो अधिवेशन मार्फत चयन भएका हुन ।

सोमबार चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा नबिल बैकका शाखा प्रमुख रन्जन नेपाल , सचिवमा युनाईटेड  इन्सुरेन्सका शाखा प्रवन्धक टीकाराम पुरी, सह सचिवमा प्रभु बैंक इलाम शाखाका राजेश गौतम र कोषाध्यक्षमा एसबीआई बैंकका मिलन श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा इन्द्र कार्की र राजु धिमाल रहेका छन भने सल्लाहकारमा सुर्य अधिकारी , राजेन्द्र तिमिल्सिना र सुवाश भट्टराई छन ।

इलाममा रहेका बैंक तथा वितिय संस्थाहरुमा कार्यरतहरुले गठन गरेको बैंकर्स क्लबले इलाममा विभिन्न सामाजिक कामहरु गर्दै आएको सचिव टीकारम पुरीले नयाँ बुलन्द डटकमलाई  जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार