किरात याक्थुङ चुम्लुङ लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय केला:ङ प्रतियोगिता आयोजना गर्ने

  नयाँ बुलन्द
280 Shares

झापा : किरात याक्थुङ चुम्लुङ लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय केला:ङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (उधौली) को अवसरमा केला:ङ प्रतियोगिता आयोजना गर्न लागिएको चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले जानकारी दिए ।

आइतबार झापाको लाट्टे आर्टमा सम्पन्न समितिको छैटौं पूर्ण बैठकले सो निर्णय गरेको उनले बताए । मङ्सिर अन्तिम साता झापाको आदिवासी रङ्गशालामा प्रतियोगिता आयोजना गर्ने अध्यक्ष केरुङले बताए । ।

प्रतियोगितामा नेपालसहित भारतका दार्जिलिङ, सिक्किम, कालेङपुङसहित, हङकङ, अमेरिकालगायतका क्षेत्रबाट सहभागी हुने उनले बताए । प्रतियोगिताका विजेताले एक लाख भन्दा बढी पुरस्कार दिने योजना भइरहेको आयोजकले जानकारी दिएको छ ।

साथै, बैठकले प्रदेश समितिको हेरफेर गरी पूर्णता दिइएको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार