इलाम : झापाको बिर्तामोड नगरपालिका–५, हिकोला मोडमा शनिबार साँझ भएको सवारी दुर्घटनामा इलामकी एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा इलामको माई नगरपालिका–४, गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेन्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको बसले प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते पाँचकोटीलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो । उपचारक्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा माई नगरकै ३६ वर्षे थिरप्रसाद सुवेदी घाइते भएका छन् । दुर्घटनापछि बस र बस चालक २९ वर्षे हिमाल बिक प्रहरी नियन्त्रणमा छन् ।