इलाम : १७औं पुस्तकालय दिवस २०८१ इलाममा विद्यार्थीहरुबीच वादविवाद प्रतियोगिता गरी मनाइएको छ । विद्यार्थीहरुमा पढ्ने बानिको विकास र पुस्तकालय संस्कृति प्रवद्र्धन गर्ने तथा वालवालिकामा तार्किक क्षमता बढाउने उद्येश्यले इलाम उद्योग वाणिज्य संघ अमेरिकी कर्नरको आयोजनामा शनिबार ‘भौतिक पुस्तक वा इ-पुस्तक’ विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नेपालटार माविकिकी जुनिता तामाङ पहिलो, हेरिटेज नेशनल एकाडेमीका सन्देश तामाङ दोस्रो, sमन्टेश्वरी सेकेन्डरी स्कुलकी आइशा पोखरेल र अमर माविकी आयूसा घिमिरे तेस्रो, प्रज्ञा सदनकी युविना गड्तौला र नन्द माविकी मनिसा पाख्रिनले सान्तवना स्थान हासिल गरेका थिए । उनीहरुलाई क्रमश: पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगदसहित प्रमाणपत्र र डायरी उपलब्ध गराईएको थियो । अन्य सहभागीहरुलाई समेत प्रमाणपत्र र डयरी उपलब्ध गराइएको थियो । उनीहरुलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्राज्ञ कोमल निरौला, राजेन्द्र बराल र तीर्थ निरौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने नारासाथ पुस्तकालय दिवसमा वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा इलाम नगरपालिकाभित्रका १४ सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबाट २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा इलाम नगरपालिका भित्राका १४
इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा इलाम नगरपालिकाका प्रमुख थापासहित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तथा व्यवस्थापन कर्नरका कार्यक्रम संयोजक हेमप्रसाद पौडेलले गरेका थिए ।
उद्योग बाणिज्य संघ अन्तरगत रहेर २०६८ सालमा इलाममा स्थापना भएको अमेरिकन कर्नर इलामले, हरेक वर्ष पुस्तकालय दिवसलाई फरक ढंगबाट मनाउदै आइरको छ ।