विस्फोटमा परी पाँचथरका चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर - Nayabulanda.com

विस्फोटमा परी पाँचथरका चार बालबालिका घाइते, दुईको अवस्था गम्भीर

  नयाँ बुलन्द
385 Shares

पाँचथर:  फालेलुङ गाउँपालिका ५ नम्बर वडा विस्फोटक पदार्थ विस्फोट हुँदा चार बालबालिका घाइते भएका छन् ।  विहिवार दिउँसो ३ बजे अज्ञात वस्तुको विस्फोटमा परि  घाइते  मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

घाइते हुनेमा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवा रहेका छन्। गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको सुविधा सम्पन्न अस्पतालमा पठाइएको छ। अन्य घाइते ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने सामान्य घाइते ७ वर्षीय दिप्सन राईको स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

स्थानीय डाँडा गाउँस्थित आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यसको कारण बुझ्न र घटनास्थलको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेस तामाङको टोली पुगेको जिल्ला प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार