इलाम : दोश्रो संस्करणको ‘इलाम गोल्डकप’ आगामी मङ्सिर अन्तिम साता हुने भएको छ ।
सदरमुकामस्थित ठूलो टुँडिखेलमा मङ्सिर २२ देखि २९ सम्म हुने गोल्डकपको तयारी सुरु गरिएको बुधबार इलाममा पत्रकार सम्मेलन गरी आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।
गोल्डकपमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबसहित थ्रीस्टार, एनआर्टी, मचिन्द्र, सङ्कटा, अफ्रिकन क्लब दाउफिन्स, विर्तामोड युनाइटेड र आयोजक रेडहर्ष फुटबल क्लब सहभागी हुनेछन् ।
गोल्डकपको विजेताले नगद रु १० लाख र उपबिजेताले रु ५ लाख पाउने आयोक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए ।
त्यस्तै, विधागत रुपमा उत्कृष्ठ खेलाडीहरुले नगद रो १०/१० हजार पुरस्कार पाउनेछन् । गत वर्षको उपाधि एनआरटीले जितेको थियो ।