देउमाईले दियो २५ जना दीर्घ रोगीलाई उपचार खर्च

इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ ।

देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत पाँच हजार रुपैयाँका दरले एक लाख २५ हजार रुपैयाँ खर्च गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले नगरभित्र स्थायी रुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाईले अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा दीर्घ रोगी ४० जनालाई दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार