चट्याङ लागेर पाँचथरमा एक नाबालकको मृत्यु

  नयाँ बुलन्द
301 Shares

 

पाँचथरः चट्याङ लागेर पाँचथरमा एक नाबालकको मृत्यु भएको छ । तुम्वेवा गाउँपालिका २ नम्बर वडास्थित हुलाक टोल वस्ने डिल्ली तिम्सिनाको छोरा १५ वर्षीय दर्शन तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आतबार दिउँसो ३:१० बजेको समयमा ३ नम्बर वडाको इन्द्रायणी माद्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत विद्यार्थी घर फर्कने क्रममा शहिद पार्क नजिक पुग्दा अचानक परेको चट्याङ लागि घाईते भएका थिए । उनलाई उपचारको लागि स्वास्थ्य चौकी मौवामा पुर्याएर चेकजाँच गराउँदा मृत घोषणा गरिएको जनाइएको छ । मृतक नाबालकको शव स्वास्थ्य चौकीमा नै राखिएको छ  । घटनाको बारेमा थप अनुसन्धान र कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा घटनास्थलमा टोली पुगेको छ । मृतकका दाजु १९ वर्षीय लाभप्सन तिम्सिना साथैमा रहेको र उनी भाईलाई मृत अवस्थामा देखेपछि वेहोस भएका थिए । उनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गराई थप उपचारको लागि एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मी र आफन्त सहित बी.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार