पाँचथर : मोबाइल चार्जमा लगाएर चलाउँदा पाँचथरमा एक किशोरको मृत्यु भएको छ।
लादी गाउँपालिका ६ नुवाकोटका घर भइ हाल फिदिम नगरपालिका २ पल्लोटार बसोबार गर्दै आएका बद्रीकुमार पाण्डेका १५ वर्षीय छोरा युवराज पाँण्डेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मोबाइल चार्जमा लगाएर चलाउँदै गर्दा शनिबार साँझ ६:३० बजे पाण्डेलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको गर्न जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।