विद्यालयबाट फर्किँदा पहिरोमा परि बालिकाको मृत्यु

  नयाँ बुलन्द
105 Shares

हेटौँडा : मकवानपुरमा पहिरोमा परि एक जना बालिकाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-६ की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परि मृत्यु भएको हो ।

स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको विद्यालयका शिक्षक मिलन भोम्जनले बताए ।

बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको भोम्जनको भनाई छ ।

विद्यालय टाढा रहेकोले ज्यामिरेदेखि करिब डेढ घण्टासम्म साना नानीबाबुहरू हिँडेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सधैँ डर हुने शिक्षक भोम्जनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार