जनयुद्धका सहिदको नाममा स्थापित ‘सहिद स्मृति प्रतिस्ठान’ इलामको अध्यक्षमा शर्मा

इलाम : संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि शसस्त्र जनयुद्धमा ज्यान गुमाएका सहिदको स्मृतिमा स्थापना भएको सहिद स्मृति प्रतिस्ठान इलामको अध्यक्ष धिरेन्द्र शर्मा रमन चयन भएका छन् ।

प्रतिष्ठानको बुधबार सम्पन्न साधारणसभाले रमनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको हो । सहिद स्मृति प्रतिष्ठान इलामको तेस्रो अधिबेशन तथा नवौ साधारणसभा सम्पन्न उपाध्यक्षमा उर्मिला तामाङ, सचिवमा जिवन शर्मा, सहसचिव गन्जु प्रधान, कोषाध्यक्ष प्रकाश परियार सदस्य बुद्ध सोङमी, राम राई, दिनेश ढकाल, सानू दास चयन भएका छन् ।

समितिको सल्लाहाकार समितिमा संयोजक टिका देवि घिमिरे, विजय खम्बु, सोममाया राइ, प्रवास शर्मा, राजेन्द्र चौहान चयन भएका छन् ।

प्रतिष्ठानले सहिदको सम्मानमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले जनयुद्धमा सहिद भएकी पत्रकार शसिकला आचार्यको नाममा शसिकला स्मृति पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको छ ।

हरेक वर्ष संविधान दिवसको दिन इलामका क्रियासिल पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै आएको हो । पुरस्कार वितरणका लागि इलामका प्रगतिसिल पत्रकारहरुसँगै राजनीतिक आन्दोलनमा लागेका माहानुभावहरुले स्वइच्छाले प्रदान गरेको रकामबाट एक लाख बराबरको अक्षय कोष समेत बनाइएको छ । जसको ब्याजबाट सो पुरस्कार वितरण हुँदै आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार