याक्थुंग स्टार सिजन २ का लागि स्पोन्सर बढ्दै

  युद्धबहादुर बोहोरा
497 Shares

इलामः अमर कृति म्युजिक प्रालिको आयोजनामा भदौ १ गतेदेखि संचालन भएको याक्थुंग स्टार सिजन २ का लागि स्पोन्सर बढ्न थालेका छन् ।

याक्थुङ भाषा,मौलिक कला र सिपको जगेर्ना गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले थालिएको याक्थुङ स्टारको अभियानमा याक्थुङसंग सम्बन्धीत विभिन्न संघसंस्थाहरुले साथ सहयोग गरिरहेको आयोजक संस्थाका संयोजक ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए ।

यसैक्रममा आयोजकको टोली मंगलबार युमा साम्यो महासभा नेपाल केन्द्रीय कार्यालय धरानमा पुगेर स्पोन्सरका लागि अध्यक्ष देबेन्द्र कुमार वनेम समक्ष सहयोग पत्र हस्तान्तरण गरेको छ । २१ दिनको समय छुट्याइको डिजिटल अडिसनमा हालसम्म कोशी प्रदेशका विभिन्न जिल्ला, भारतको सिक्किम,दार्जिलिङ,मिरिक,आसामलगायतका ४१ जना सहभागीले तीन दिन भित्रमा सम्पर्क गरेका छन् । सहभागीमा पुरुष भन्दा महिला धेरै रहेको जनाइएको छ । याकथुङ भाषामा गाउनु पर्ने विभिन्न विधाहरु मध्ये  पालाम,ख्याली,हाकपारे,तुवा,तमके मुन्धुम साम्लो,तुम्याङ साम्लो,आधुनिक याक्थुङ साम्लोहरु लागायतको सिमा आयोजकले निर्धारण गरेको छ ।

विर्तामोडमा समपन्न हुने फाइनल प्रतियोगिताको विजेताले नगद चार लाख, एक तोला सुनको सिक्री र मायाको चिनो, दोस्रो हुनेले दुई लाख ५० हजार र मायाको चिनो साथै तेस्रो हुनेले एक लाख ५० रुपैयाँ र मायाको चिनो पाउने छन् । पाँच वटा  राउण्डमा सम्पन्न हुने  सिजन २ संचालन गर्न हरेक संघसंस्थाहरूलाई स्पोन्सर गर्न इच्छुकका लागि खुल्ला गरिएको मिडिया सहजकर्ता निश्चल चेम्जोङ याक्थंसाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार